झापा, असार १३ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज शुक्रबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गरेको हो। यस वर्षको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ।

परीक्षाको नतिजा विभिन्न माध्यममार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। बोर्डका अनुसार नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट मार्फत उपलब्ध छ।ber) र जन्ममिति सहि रूपमा राख्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार