हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

२४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

 एकजना जापानी वृद्धले एक साताको अवधिमा २४ हजार पटक फोन गर्दै सताएको आरोपमा पक्राउ परेका छन्। आकितोसी ओकामोतो नाम गरेको ७१ वर्षीय वृद्धलाई टोक्यो प्रहरीले पक्राउ गरेको हो।

Advertisement

स्थानीय मिडियाका अनुसार उनले ‘केडिडीआइ’ कम्पनीको ‘टोल फ्री’ कल प्रयोग गरी कर्मचारीलाई ८ दिनसम्म २४ हजार पटक फोन गर्दै सताएका थिए।

Advertisement

कम्पनीले उनीसँगको सम्झौता उल्लंघन गरेको भनि वृद्धले गुनासो गरेको थियो। कम्पनीले भने ती वृद्धले आफ्ना कर्मचारीलाई अपमान गरेको र हजारौं कल गरी असन्तुष्टि पोखेको जनाएको छ। तर आकितोसीले सम्झौता उल्लंघन गरेकोमा कम्पनीका कर्मचारीले माफी माग्नुपर्ने बताएका छन्। –एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)