हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

४५ सांसदहरुको समर्थन भएको सरकारलाई विश्वासको मत लिन आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारको लागि विश्वासको मत आवश्यक नभएको बताएका छन् ।

Advertisement

आज आइतबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरेका हुन् ।

Advertisement

मुख्यमन्त्रीले पोखरेलले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन । जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।प्रदेशसभा सचिवालय र सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका मुख्यमन्त्री पोखरेलले ’दल विभाजन पनि नहुने एक पनि नहुने हुँदा उपधार २ कार्यान्वन नहुने बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)