हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सानदार जित निकाल्दै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रबेश

हल्दिवारी – गएराति इंग्लिस काराबाओ कप अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।

Advertisement

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० गोलले पराजित गरेको हो । उक्त खेलको सिटीको जितका लागि स्टार्लिङले दुई गोल गरे र फरान टोरेसले एक गोल गरे।

Advertisement

उक्त खेलको ३५ औं मिनेटमा सिटीका स्टार्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ४९ औैं मिनेटमा स्टार्लिङले नै अर्को गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा टोरेसले गोल गरी सिटीलाई जित दिलाए । जितसँगै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)