– राजकुमार कार्की
खाली हात आयौं हामी फेरि खाली हात नै त जानुछ।
दुइदिनको यो जिन्दगीमा मरेर साथमा के नै लानुछ।
दुइदिनको हो यो मानव जिन्दगी बिताउ हाँस खेल नै गरेर
मर्दा पर्दा साथ सहयोग गरौं के नै साथ लानुछ र मरेर!
विल्गेट्स पनि डकार्दैनन् अब त पुग्यो मलाई
भनि धनले
आखिर एकदिन जानुनैछ सबले सहयोग गरौं सच्चा मनले।
आखिर कुबेर पनि अन्न टिप्थे भन्छन् थुकलगाइ हातमा
धन दौलत केही पनि लगेनन् तिनले मरेर जादा साथमा।
तेरो मेरो भनि फेरि मिथ्या किन झगडा गर्छौं साथमा!
संसारै मेरो हो भन्छौं तर जान्छौं केही नै नलिएर हातमा।
चिन्ता नगर आर्यघाट पनि छ है ऐलानीमै नदी तिरमा
सबको लागि तीन हात जमिन खाली छ किन बस्छौं पीरमा।
जल्दा तिमी एक्लै नै जल्नेछौ जल्दैन कोही तिम्रो साथ
यो मानव जिन्दगी कस्तो बनाउने हो छ है बनाउने आ-आफ्नै हात।
संसार त्यागी फेरि जान्छौं अब त जान्छु म भनि साधु नै बनेर
जिन्दगी कति लोभी पापी छ बस्छौं कस्ले कति भिक्षा दियो भनि गनेर।
भ्रष्टाचार किन गर्छौ पुगेन भनि धन सम्पत्ति सोरेर!
जल्दैनौ धन सम्पत्तिले खाली हात जान्छौं के लान्छौ मरेर।
खाली हात आयौं हामी फेरि खाली हात नै त जानुछ।
दुइदिनको यो जिन्दगीमा मरेर साथमा के नै लानुछ।
धन्यवाद।