मानव भित्र अब , मानवता रहेन्
ठुलो सानोको अब , कदर भएन।
यो युग सँग , बाँच्ने हरु,
धनका लागि , नाँच्ने हरु,
दया भित्रको कुनै , मर्म रहेन् ।।
मानवताले म भित्र , दयामा फुकेपछि,
दयामा नै मित्रताले , शिर झुकेपछि।
नेपाली भित्र आफन्तको, अब आश रहेन,
स्वाभिमानताले बाँच्न लाई , खास रहेन।।
दुखमा जुनबेला पर्दा , दिएको त्यो साथ,
सुखमा फर्कदा तिनैले , गर्दा रहेछन घाँत्।
अब तँ को भनी धम्कीलेरु , मेरो शब्द रहेन,
मित्रता भित्रको मानवतामा , मर्म रहेन।।
लाटो पनि बाठो हुन्छ , धन भए पछि,
पैसा भित्र दाग हुन्छ , मन भए पछि।
त्यसैले त गरेको सेवामा , पर्म रहेन,
युगभित्रको उदासीनता बाहेक , मर्म रहेन।।
– जोगेन्द्र प्रसाद राजवंशी 
कचनकवलस्-३, दल्की झापा
हाल -मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार