सुदुर बाट भक्का रोटि खोज्न
दिनहुँजसो म जस्ता विदेशिएका नेपाली
प्रबाशमा हजार हण्डर खाएर
घरमा चुलो चौको बाल्दा ,अनि
दशैंमा भर पेट सेता चामलका भात खादा
हामी गर्ब गरछौ नेपाली हुनुमासुदुरमा लाग्ने औलो ,मलेरिया ,हैजा,
त हामी संग कयों पटक हारेका छन्
हाम्रा सन्तानले बर्षों देखि बाबु आमा
साथ रहने आश मारेका छन्
देशमा भोक भोकै मर्नु भन्दा
दश नंग्रा खियाउन परदेशमा मजदुरी
गर्नु पर्ने परिस्थितिमा पारेका छन्देशले राहदानी बोक्ने हरुलाई
खोजि खोजि झन्डावाल विमानमा नेपाल ल्याएको छ
तर राहदानी नहुने अनि राजधानी नै नदेखेका
म जस्ता हज्जार्यो नागरिक लाई सिमाना नै
अलपत्र छाडेको छ
साएद देशले पनी बिप्पत्तिको घडीमा हुनेलाई काखा
नहुनेलाई पाखा नीति लिए जस्तो छ ,खैर ।आज देश दुखि छ, प्रमाण अनेक छन
सिमाना मा देश छिर्ने आशा लिएर
गाँस काटी बचेको धन बोकेर
अधिक गर्मिमा पनी नपग्लिएको जवानी बोकेर
बाक्ला मेरा सपना हरु माथि एक्काशी तुषारापात भए
खोइ सिंगो देश नै डराउछ म गरिब देखेर
सिंगो राष्ट्र त्रशित छ कोरोना देखेर ।देशले फेरि एक पटक हारेको छ
चिचिला जस्ता मेरा सन्तान अनि अर्धांगिनी
भेट्ने मेरो आशा मारेको छ ।
तर यो पनी हुन् सक्छ है ,
देशको सिमाना सुरक्षित नभएकोले
हामीले देशको अस्मिता जोगाउन
पुख्राले जस्तै सीमाना नै ढल्ने दिन आएको छ
पुख्राले जस्तै सीमाना नै ढल्ने दिन आएको छचैत्र १९ २०२०