हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

हल्दीबारीमा एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला

झापा । हल्दीबारी गाउँपालिका–३ मा एक व्यक्ति आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

Advertisement

साविक जलथल–१ का ५४ वर्षीय सुरेन्द्र वन सन्यासीलाई शुक्रबार राति करिब २ बजे आफ्नै सुत्ने कोठामा मृत फेला पारिएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका स्थानीय नेता रहेका वन २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारसमेत थिए।

Advertisement

उनलाई मृत्युको अवस्थामा कान्छी श्रीमतीले देखेपछि तत्काल स्थानीयहरूलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार मृतक वन पहिलो श्रीमतीको निधनपछि कान्छी श्रीमतीसँग बस्दै आएका थिए। उनका एक छोरा र एक छोरी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। आमा र भाइ भने काठमाडौँमा छन्।

वडाध्यक्ष विष्णु प्रसाद ओलीका अनुसार आमा र भाइ नआउन्जेल शवलाई प्रहरीको निगरानीमा घरमै राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)