जब बिहान सीता निन्द्राबाट ब्युझिएर हेर्दा टेबलमा चिया ढाकेर राखिएको थियो ! प्लेटमा बिस्कुट पनि थियो तर सन्तोषको बुबा कहाँ छन ! दिनहु उनै सन्तोषको आमालाइ निन्द्राबाट ब्युझाएर चिया र बिस्कुट दिने गर्दथे ! तर आज ….
जसोतसो उठेर शरीर बिमारिको घर भैसकेको थियो सीता पचहत्तर पार गरिसकेकी थिइन भने सन्तोषको बुबा अस्सि पार गरिसकेका थिए…
छोरा जो पढ्नको लागि बिदेश गएको थियो उहीँ बिबाह र उहीँ जागिर गरेर सेटल भैसकेको थियो ! र बाआमा संग भएकी एउटि छोरिको पनि नजिकैको शहरमा बिबाह चार बर्ष अगाडि नै गरिदिएका थिए ! तबदेखी यति ठूलो घरमा केवल दुई श्रीमान-श्रीमती बस्ने गरेका थिए… !
सन्तोषको बुबा कहाँ हुनुहुन्छ …. सन्तोष को बुबा…..
ओछ्यान बाट उठेर यताउता हेरिन कहि बालकुनिमा पत्रीका पढेर बसेका त छैनन् बिहानको कलिलो घाम ताप्दै … यहाँ पनि हुनुहुन्न..
कहाँ हुनुहुन्छ.. सन्तोषको बुबा कुनै आवाजको उत्तर नपाएपछि मन आत्तिन थाल्यो… हे भगवान …. कहाँ जानुभयो कसलाई सोधु…. फोन… मोबाइल फोन पनि तीन दिनदेखि बिग्रीएर बसेको छ ….. आजसम्म बिना बताइ कहि जाने गर्नुभाको थिएन ….
राम्रो त छ उहाँलाई … उनको धड्कन जोडजोडले धड्किन थाल्यो ! मनमा नराम्रो नराम्रो कुराहरु खेल्न थाल्यो….
कहाँ गए… त्यसो त दुइमा सानोतिनो झगडा भैरहन्थ्यो सानो-सानो कुराहरुमा पनि… तर.. हिजो राती त यस्तो केही भएको थिएन…. कहि मलाई छोडेर … हैन … हैन … तपाईं बिना म कसरी बाचौला र… सन्तोषको बुबा तपाईं कहाँ हुनुहुन्छ …
म एक्लि बुढिको तपाईं बिना को साहारा छ र … तपाई त जहिल्यै भन्ने गर्नुहुन्थ्यो … मेरो जिबनभर तिमी नै हौ भनेर .. तपाईं म भन्दा भिन्दै हुनुहुन्छ … हे भगवान..रक्षा गर… म सन्तोषको बुबा बिना एक्लै बाच्न सक्दिन …
तब ढोकामा बेलघण्टी बज्यो.. टिंनटोन .. टिनटोन …
ढोका खोलेर हेर्दा .. एउटा ठूलो बुक्केट थियो साथमा एक डिब्बा पनि थियो .. जसमा लेखिएको थियो.. just for you.. सन्तोषको आमाले डिब्बा खोलेर हेर्दा भित्र एक सुन्दर मोबाइल फोन थियो… यो.. यो.. त त्यहीँ हो जुन टिभिमा बिज्ञापन आएको बेला तिम्लाई मनपर्छ भन्ने’गर्नुहुन्थ्यो सन्तोषको बुबाले ….
बैबाहिक बर्ष गाँठको शुभ-कामना सन्तोसकी आमा …
एकाएक भित्ताको अर्को कुनामा लुकेर हेरि बसेका सन्तोषको बुबा बाहिर निस्किएर मुस्कुराउदै भने!
आँखाभरी आँसु पारेर रिसाउदै सन्तोषकी आमाले भनिन: कहाँ जानुभाथ्यो यत्रोबेर थाहा छ यहाँ म …..
हात सन्तोसकी आमाको ओठमा राख्दै सन्तोषको बुबाले भने; म तिमिलाई छाडेर कहाँ जान्छु… मेरो सोझी प्याउली मायालु … तिम्रो शिरको कसम जहाँ गएपनी छिटै नै फर्किएर आउने छु…!
के लाग्छ म तिमिलाई छाडेर … पागल्नी .. तिमी बिना त म सास पनि लिन सक्दिन … ! एक तिमी नै त जुन जिबनको प्रत्येक सुखदुःखमा मेरो साथमा छौँ , मेरो नजिक छौँ ! नत्र छोराछोरी पनि टाढा भए.. आफ्ना नातेदारहरु पनि… सायद त्यसैले होला श्रीमान श्रीमतिको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण हुन्छ…. त्यसैले त भनिन्छ सातौ जन्मको बन्धन भनेर !
सात जन्मको लागि मात्र हैन , मलाई हरेक जन्ममा तपाईं नै चाहिन्छ भन्दै काप्दै सन्तोषकी आमा सन्तोषको बुबा लाई अंकमाल गर्छिन् !
-सन्तोष कार्की