हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अग्रता फराकिलो बनाउँदै एथ्लेटिको

सेभियालाई हराउँदै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा एथ्लेटिको २–० ले विजयी बनेको हो ।

Advertisement

एन्जेल कोरियाले पहिलो हाफमा गोल गर्दै डिएगो सिमिओनीको टोलीलाई अग्रता दिलाए भने दोस्रो हाफमा साउल निग्वेजले गोल गर्दै एथ्लेटिकोको जीत सुनिश्चित गरे ।

Advertisement

उता, फर्ममा रहेको सेभियाले सबै प्रतियोगितामा १० खेलमा पहिलोपटक हाल ब्यहोर्यो । हारसँगै सेभिया लिगको छैटौँ स्थानमा सिमित बनेको छ ।

१६ खेलपछि एथ्लेटिकोको ४१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा दुई खेल कम खेलेको एथ्लेटिकोको चार अंकको अग्रता रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)