हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

अणु गल्प: सिग्नलको सन्देश

अणु गल्प: सिग्नलको सन्देश

Advertisement

कोटेश्वरको ट्राफिक सिग्नलमा एकाएक ड्राइभर भाइले गाडी रोक्यौ। सामान बेच्ने कम उमेरका बाल बालिका गाडी गाडीमा पुगि झ्याल ढक्ढक्याउदै ऊनि हरु सँग रहेका सामान किनिदिने अनुरोध गर्नलागे। मैले पनि झ्यालको सिसा तल झार्दै हातमा चन्द्र सू्र्य अंकित झण्डा किनिदिनु होस न भन्दै गरेको फुच्चेलाई अलिक कड्किएरै कराए- पर जा ।

Advertisement

कहिले चाउ चाउ, कहिले पानी, कहिले तितौरा, कहिले झण्डा? के के चै बेच्दैनस् तइले? म अलिक रिसाए पनि उसले मुस्कुराउँदै जवाफ दियो- सर! देश बेचेको छुइन। मेहनत र पसिना मात्र हो।

ड्राइभर भाइले यतिकैमा गाडी हुँइक्याए। मन मनै सोचे- कास! यो सिग्नलमा देश बेचुवा मन्त्री, प्रधानमन्त्रीको पनि गाडी रोकिदो हो त!!!!

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)