हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ८ महिना अगाडि

अष्ट्रेलियामा श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ सम्पन्न हुँदै

सिडनी, अष्ट्रेलिया – अष्ट्रेलियामा आगामी डिसेम्बर २७, २८ र २९ गते ग्राण्ड प्यालेस, पारामाटा रोड, सिडनीमा विशाल श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ। यो महायज्ञ श्री नरहरिनाथ योगी र आदित्यनाथ फाउण्डेशन, अष्ट्रेलिया द्वारा प्रस्तुत गरिएको हो।

Advertisement

संस्थाका अध्यक्ष नारायण शास्त्री पन्थी को विशेष नेतृत्वमा, उपाध्यक्ष रामहरी थापा, कोषाध्यक्ष अनिल ज्ञावली, सचिव कृष्ण प्रसाद सुवेदी, र प्रोपाइटर रन्जीत शाह को सामूहिक व्यवस्थापनमा महायज्ञ सम्पन्न हुने छ। यस कार्यक्रममा शुभेच्छुक, शुभ चिन्तक र सनातन धर्मप्रेमीहरूको सहभागिता रहने जनाइएको छ।

Advertisement

महायज्ञमा भागवत मञ्जरी राधिका दासजी द्वारा कथा वाचन र विशेष कलागारको माध्यमबाट सङ्गीतमय भजन कार्यक्रम प्रस्तुत गरिने छ। साथै, नेपालका सुप्रसिद्ध विद्वान गुरु डा. भोलानाथ योगी को आतिथ्यता रहनेछ।

तीन दिवसीय यस महायज्ञमा अष्ट्रेलियामा रहेका सामाजिक, धार्मिक संघ संस्थाका विशिष्ट महानुभाव तथा ॐ कार परिवारका धर्मानुरागीहरूको उपस्थितिको जानकारी प्राप्त भएको छ। यस महायज्ञले अष्ट्रेलियामा बसोबास गर्ने ॐ कार समाजलाई हिन्दु सनातन संस्कृती र जीवनदर्शनको बारेमा जागरूक बनाउने उद्देश्य राखेको छ।

कार्यक्रमले धर्म, अर्थ, काम, मोक्ष नामक चतुर्विध पुरुषार्थ जीवन पद्धतिबारे समाजलाई मार्गदर्शन गर्दै, भौतिक, दैविक र अध्यात्मिक प्रगतिमा प्रेरित गर्ने छ। यसका साथै, विश्व शान्ति, मित्रता र कल्याणका विषयमा चर्चापरिचर्चा पनि हुने छ।

अध्यक्ष नारायण शास्त्री का अनुसार, सनातन हिन्दु जीवन पद्धती नै मानव धर्म र विश्व शान्तिको परिचायक हो। सनातन हिन्दु संस्कृती, साहित्य र दर्शनबाट प्रेरित विश्वका विद्वानहरूले पूर्वीय दर्शन र सनातन हिन्दु धर्मको महिमा वर्णन गर्दै आएका छन्। यस्तै सन्देश यस महायज्ञले जनमानसमा प्रवाहित गर्नेछ।

महायज्ञमा नाथ योगदर्शन, सनातन धर्मसंस्कृति र विश्व ओंकार परिवारको एकताका लागि सदासर्वदा समर्पित डा. भोलानाथ गुरु को उपस्थितिले कार्यक्रममा उत्साह थप्नेछ। करिब चार दशकदेखि शिक्षा, शान्ति, धर्म, संस्कृति र मानवसेवामा योगदान गर्दै आएका नाथ योगी तथा विद्वान गुरुको आगमनले महायज्ञलाई थप ऊर्जा प्रदान गरेको अध्यक्ष शास्त्रीले बताए।

विश्व ओंकार एकता महाभियान परिवार, विश्व हिन्दु महासंघ अष्ट्रेलिया, र राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले पनि यस महायज्ञको सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

सातसमुद्रपारी आयोजना हुने यस कार्यक्रमले सनातन हिन्दू धर्मसंस्कृति प्रवर्द्धन गर्दै भौतिक र पारमार्थिक उन्नतिको मार्गदर्शन गर्ने छ। महायज्ञबाट संकलित रकमले योगि नरहरिनाथका कृतिहरू प्रकाशित गर्ने योजना रहेको कोषाध्यक्ष अनिल ज्ञावली ले बताए। सचिव कृष्ण प्रसाद सुवेदी ले कार्यक्रमलाई चुनौती र अवसर दुवैको रूपमा लिएर व्यापक प्रचारप्रसार गर्दै, ॐ कार परिवार र पूर्वीय दर्शनको महिमालाई जनमानसमा पुर्याउने बताए।

कार्यक्रममा सहभागी भक्तजनहरूको व्यवस्थापन सहज बनाउने जिम्मा प्रो. रन्जीत शाहले सम्हाल्ने छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)