हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आईपीएल यी ठुला खेलाडीहरु जसले सुरुवाती खेलहरु गुमाउनेछन्

 मैनाली हेमन्त  – हल्दिबारी l  इन्डियन प्रिमियर लिगको १३ औं सिजन युएईमा १९ सेप्टेम्बर देखि सुरुहुँदैछ। प्रतियोगिता नजिकिँदै जाँदा लिगमा सहभागी सबै ८ टिमले तयारी सुरु गरिसकेका छन्। फ्यानहरुलाई पनि आईपीएलको व्यग्रताका साथ प्रतीक्षा रहेको छ। त्यस्तै खेलाडीहरु पनि लामो समयको प्रतिक्षा पछि मैदान प्रवेश गर्न लालायित रहेका छन्। आईपीएलका सहभागी हुन आउने भारत बाहिरका खेलाडीहरु लिगको हिस्सा हुन लालायित छन् तर केहि यस्ता खेलाडीहरु छन् जो लिगको पहिलो साता खेल्न पाउनेछैनन्।इंग्ल्यान्ड र अस्ट्रेलिया बीच सेप्टेम्बरमा एकदिवसीय र टि-२० सिरिज हुने तय भएका कारण दुइ देशका खेलाडीहरुले आईपीएलको सुरुवाती खेलहरु गुमाउने भएका हुन्।

Advertisement

४ सेप्टेम्बरबाट सुरु हुने सिरिज १६ सेप्टेम्बरमा समाप्त हुनेछ। सिरिज अन्तर्गत तिन वटा टि-२० र तिन वटा वानडे खेलिनेछ।इंग्ल्यान्ड र अस्ट्रेलिया बीच सिरिज समाप्त भएपछि खेलाडीहरु युएई प्रस्थान गर्नेछन्। युएई पुगेपछि खेलाडीहरुले ६ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा टिमसंग ढिलो जोडिन पाउनेछन्।इंग्ल्यान्डले बेन स्टोक्स, जोस बटलर, जोफ्रा आर्चर जस्ता खेलाडीहरुलाई आयरल्याण्ड बिरुद्ध वानडेमा मौका नदिएता पनि अस्ट्रेलिया बिरुद्ध सिरिजमा जरुर मौका दिनेछ। सिरिज सकिएपछि मात्र यी खेलाडीहरु आईपीएल खेल्न जानेछन्।

Advertisement

अर्कोतर्फ अस्ट्रेलियाका आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरु पनि लिगमा ढिलो जोडिनेछन्।मुम्बईका सबै खेलाडीहरु सुरुवात देखि टिमसंग जोडिनेछन्

मुम्बई मात्र एउटा टिम हुनेछ जसको सबै जना खेलाडीहरु सुरुवात देखि टिमसंग जोडिनेछन्। अन्य ७ टिमका कुल २१ जना खेलाडीहरुले लिग खेल्न केहि दिन प्रतीक्षा गर्नुपर्नेछ।खेलाडीहरु ढिला पुग्दा सबैभन्दा धेरै असर राजस्थान रोयल्सलाई पुग्नेछ। राजस्थानमा जोस बटलर, स्टिभ स्मिथ, जोफ्रा आर्चर, बेन स्टोक्स, एन्ड्रु टाई, टम कुरान जस्ता खेलाडीहरु रहेका छन् जसले सुरुवाती खेल गुमाउनेछन्।

कुन टिमका को(को खेलाडी ढिलो टिमसंग जोडिनेछन् स्(चेन्नाई सुपर किंग्स – जोश हेजलवुड, स्याम करनकोलकाता नाइट राइडर्स – प्याट कमिन्स, ओएन मोर्गन, टम बान्टनमुम्बई इन्डीएन्स – कुनै पनि खेलाडी छैनन्सनराइजर्स हैदराबाद – डेभिड वार्नर, जोनी बेयरस्टो, मिचेल मार्शरोयल च्यालेन्जर्स बैंगलोर – मोएन अलि, आरोन फिन्च, जोश फिलिप, केन रिचर्डसनदिल्ली क्यापिटल्स – जेसन रोय, एलेक्स हेल्स, मार्कस स्टोइनिशराजस्थान रोयल्स – जोस बटलर, स्टिभ स्मिथ, जोफ्रा आर्चर, बेन स्टोक्स, एन्ड्रु टाई, टम कुरान

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)