समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

आगलागीमा झापाको अर्जुनधारा–८ मा नौ करोड बराबरको क्षति

झापा, २०८२ मंसिर १८ । आज साँझ करिब २०:३५ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–८ रातो पुलस्थित सन्तोष साहुको दुई तले पक्का घरको भुईँतलामा रहेको दुई वटा सटरको हार्डवेयर मा अचानक विद्युत् सर्ट भएर आगलागी भएको छ।

विज्ञापन (Advertisement)Advertisement

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीसहित स्थानीयबासी, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचिनगर नगरपालिकाका दमकलहरू खटिएका थिए। सबैको संयुक्त प्रयासमा आगो २१:५० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलभित्र रहेका सिमेन्टका बोरा, टिनका बण्डल, कलर पेन्ट, पुट्टी–सिमेन्ट, झ्याल–ढोका तथा भर्याङमा प्रयोग हुने एल्युमिनियम सामग्री, प्लाइवुड तथा अन्य हार्डवेयर सामान जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार झन्डै रु. ९० लाख बराबरको क्षति भएको बताइएको छ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)