हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आत्मघाती गोलले म्याड्रिड माथी बार्सिलोनाको जीत

काठमाडौं, १९ फागुन । क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

Advertisement

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

Advertisement

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)