हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आफ्नो निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने बताए ।, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण भएको उनले बताए । सुरुबाटै त्रुटिहरु देखिएको खनालको भनाइ छ ।

Advertisement

पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । ’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’

Advertisement

यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो । पछिल्लो गणनाअनुसार, इलाम-२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)