हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आर्मी पुरुष भलिबलको फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै फाइन प्रवेश गरेको हो ।

Advertisement

पोखरा रंगशालास्थित कोर्टमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२३ ले जितेको आर्मीले चौथो सेट २५–१९ ले जित निकाल्दै कम्तिमा रजत पदक पक्का गरेको हो ।

Advertisement

आर्मीले आजै हुने दोस्रो सेमिफाइनल खेलको विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग स्वर्णका लागि खेल्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)