हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित

 विश्वव्यपी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बीचमै रोकिएको इङलिस प्रिमियर लिग बुधबारदेखि शुरु भएको छ । बुधबार राति इङलिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

Advertisement

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३९० गोलले पराति गरेको हो । उक्त खेलमा रहिम स्ट्रलिङले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए ।त्यसपछि दोस्रो हाफमा डेभिड लुइस रातो कार्ड खाँएर बाहिर निस्किएपछि १० खेलाडीमा सीमित भयो ।

Advertisement

त्यसपछि खेलको ५१ औं मिनेटमा केभिन डि ब्रुइनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले पोनाल्टीमार्फत गोल गरेका हुन् ।त्यसपछि खेलको अन्तिम समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई जित दिलाए । जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा नै रहेको छ । एजेन्सी 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)