हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इनरुवामा “संसद भवन” सत्ता पक्ष र विपक्षी दलको कार्यालय छुट्टा छुट्टै राखियो

 भद्रपुर/ इनरुवा नगरपालिका नगरकार्यपालिकाले संविधान अनुसार स्थानिय सरकारको अंगका रुपमा रहेको नगरसभालाई संसद भवनका रुपमा स्थापित गर्ने भएको छ । संद्यियता लागु भएपछि बनेका तिन तहका सरकार मध्ये प्रदेशसभा र प्रतिनिधिसभामा संसद भवन भएपनि स्थानिय तहका जनप्रतिनिधिहरुले नगरसभामा संसद भवनको अभ्यास गर्न नपाएको अवश्थामा इनरुवा नगरपालिकाले संसद भवन अभ्यास सुरु गर्न लागेको हो ।

Advertisement

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले भने नेपालको संविधान २०७२ ले तिन तहको सरकार रहने व्यवश्था अनुसार अभ्यासमा कार्यपालिका, न्यायपालिकामा रहेकाले नगरसभालाई जनप्रतिनिधिले बजेट पारित गर्ने कार्यमा मात्र अभ्यास गर्दै आएकाले संविधानको व्यवश्थालाई कार्याव्यन गर्न गराउन इनरुवा नगरपालिकामा संसद भवन तयार गरेको बताए ।

Advertisement

मेयर मेहताले भने यस पटकको नगरसभालाई संसद भवनबाटै संसदिय अभ्यास अनुसार संचालन गर्ने गरि भौतिक संरचनाहरु तयार गरी सत्ता पक्षको संसदीय दलको कार्यालय र विपक्षी दलको संसदीय दलको कार्यालय संसद भवन भित्रै छुट्टा छुट्टै स्थानमा रहने गरि तयार पारिएको बताए । मेयर राजन मेहताले भने लोकतन्त्रमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताका आवाजलाई संसद मार्फत सत्ता पक्षको ध्यानआकृष्ट गराउने प्रचलन रहेकाले नगरसभालाई ससंदको रुपमा अभ्यास गरि जनताका विकास निमार्ण लगायत मानविय विकासका सवालहरु संसद भवनमा बस्ने नगरसभामा छलफल गर्ने परिपाटीको सुरुवात इनरुवा नगरपालिकाले गर्न लागेको बताए ।

इनरुवा नगरपालिका भित्र रहेको छुट्टै भवनलाई निलो रड्ड लगाएर रड्ड रोगन गरि सत्ता पक्षको संसदीय दलको कार्यालय र विपक्षी दलको संसदीय दलको कार्यालय रहने कार्यकक्ष छुट्टाईएको छ । संसद भवन भित्र इनरुवामा पञ्चायतकाल देखीका प्रधानपञ्च, उपप्रधानपञ्च, बहुदलकालका नगरप्रमुख, उपप्रमुखहरु लागयतको तस्वीर भित्तामा लहर बनाएर रड्ड प्रयोग गरेर चित्र कोरोर राखिने भएको छ । यसैगरि इनरुवा नगरपालिकाको लोगोसहित भवनको कक्षका भित्तामा इनरुवालाई शब्द चित्रमा झल्कीने ऐतिहासिक महत्व तस्वीरहरु रहने छन । नगरसभा भवनको ससद कक्षको हल र सत्ता पक्ष र विपक्षको कार्यालय रहेको भवन अन्य कार्यको लागी प्रयोग नगर्ने गरि हाल रहेको सभाहललाई माथिल्लो तलामा सारिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)