हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

इलाममा सर्पदंशले एक बालिकाको ज्यान गयो, एक पुरुष गम्भीर

इलाम । इलाममा सर्पदंशका दुःखद घटनाहरू बढिरहेका छन्। आइतवार राति इलामको चुलाचुली गाउँपालिका–१ तीनतले बस्ने १३ वर्षीया प्रिया राईको सर्पदंशका कारण ज्यान गएको छ। उनी आफ्नै घरको कोठामा सुतेकै अवस्थामा विषालु सर्पले टोकेको थियो।

Advertisement

सर्पले टोकेको डाम देखिएपछि परिवारले रातिको समयमा नै उनलाई दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार केन्द्रमा लगेका थिए। तर, उपचारका क्रममा हिजो बिहान ९ बजेतिर उनले दम तोकिन। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार प्रिया चुलाचुली १ कमलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।

Advertisement

यसैबीच, आज बिहान इलाम नगरपालिका–१२ साङरुम्बाका ४८ वर्षीय बुद्धि राई पनि सर्पदंशको सिकार बनेका छन्। बिहान १०:३० बजेतिर आफ्नै बारीमा घाँस काट्दै गर्दा उनलाई बायाँ हातमा सर्पले टोकेको हो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि झापातर्फ रेफर गरिएको जिल्ला अस्पताल इलामले जनाएको छ।

स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले बर्खायाममा सर्पदंशका घटनाहरू बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)