हल्दिबारी न्यूज डेक्स दमक | जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यव्दयले पार्टी परित्याग सहितको पत्र पार्टी केन्द्रमा पठाएको छ।
उपेन्द्र यादब नेतृत्वको जसपा नेपालले आसन्न निर्बाचनमा नेकपा एमालेसंग गठबन्धन गरी निर्बाचनमा सक्रिय रहदै आएको अबस्थामा दिएको यस पार्टी परित्यागले पार्टी बृत्तमाराजनीतिक भुकम्प जानेक्रम झापाबाट पनि शुरु भएको जानकारहरु बताउछन। पार्टीको स्थापना कालदेखि नै पार्टी संगठनको बिकासमा सक्रिय भूमिका रहदै आएका केन्द्रिय सदस्य मोहितलाल कामती, शंकर प्रसाद राजबंशी र पार्टी प्रदेश नम्बर अन्तर्गत मधेश राज्य समितिका इञ्चार्ज ,राजनैतिक समिति सदस्य तथा केन्द्रिय सदस्य नित्यानन्द ताजपुरिया लगायतले संयुक्त पार्टी परित्याग गरे पछि झापाबाट पार्टी परित्याग गर्नेहरुको ठूलो लर्को लागेको बताइन्छ।

यस क्रममा सोमबार झापाको गौरिगंजमा एक कार्यक्रमका बीच आसन्न निर्बाचनको लागि उम्मेव्दार छनौट गर्दा संघ र प्रदेशमा जातीय सन्तुलन नमिलाई पक्षपातपूर्ण ढंगले उम्मेव्दार चयन गरेको कारण सम्बन्धित पार्टी निकाय प्रति असन्तुष्ठी जाहेर गर्दै केन्द्रीय सदस्य डा, सत्यदेब थादब पार्टी गाउ समिति अध्यक्ष राम प्रसाद रौनियार, सदस्य आलम अन्सारी घनश्याम रिजाल, पबित्रा खतिबडा,सरस्बती देबी साह, शुकदेब हलुबाई, राज कुमार महतो, द्वारिका प्रसाद साह, लेबिन प्रसाद दास लगायतले पार्टीबाट राजिनाया दिएका छन।




Post Views: 225












