हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ए डिभिजन लिगमा एनआरटी माथि आर्मीको संघर्षपुर्ण जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज भएको खेलमा आर्मीले न्युरोड टिम एनआरटीलाई शुन्यका बिरुद्ध एक गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन दिनेश हेम्जनले गरेको गोल नै निर्णायक बन्यो । दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाएका हुन् ।

Advertisement

जित संगै आर्मीले महत्वपूर्ण तीन अंक बटुलेको छ । यसअघि आर्मीले लगातार तीन खेलमा बराबरी खेलेको थियो । बराबरी पछिको यो महत्वपूर्ण जित निकालेको हो । आजको यो जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोड्न सफल भएको छ । आर्मी १७ अंकका साथ लिगको चौंथो स्थानमा रहेको छ ।एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)