समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

एआई–सिर्जित तस्बिरसहित ‘ओली पक्राउ’ सम्बन्धी दाबी सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ । आइतबार साँझदेखि सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको वा पक्राउ प्रक्रिया अघि बढिरहेको भन्ने दाबीहरू तीव्र गतिमा फैलिन थालेका छन्। फेसबुकका अनेकौँ पेज र व्यक्तिगत खाताहरूबाट साझा हुने यस्ता दाबीहरूमा अधिकांश एआई–सिर्जित तस्बिरहरू प्रयोग गरिएका छन्, जसले भ्रम फैलिरहेको विशेषज्ञहरूको भनाइ छ।

विज्ञापन (Advertisement)Advertisement

‘लालिगुराँस मिडिया’ नामक फेसबुक पेजले आइतबार राति ९:४८ बजे ‘ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा आयोग !’ शीर्षकसहित एउटा तस्बिर पोस्ट गरेको थियो। तस्बिरभित्र ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा बयान दिन उपस्थित नभए ओली र लेखकलाई पक्राउ गरेरै बयान लिन छानबिन आयोगले तयारी गरेको’ भन्ने दाबी गरिएको छ।

उक्त पोस्ट केही मिनेटमै सयौं पटक सेयर भएको देखिन्छ। कतिपय प्रयोगकर्ताले ओलीलाई ‘सम्भावित पक्राउ’ गरिएको जस्तो देखिने तस्बिरहरू पोस्ट गरिरहेका छन् भने केहीले ‘पक्राउको तयारी’ शीर्षकसहित एआई–मार्फत बनाइएको तस्बिरहरू प्रयोग गरिरहेका छन्।

तर, ओली पक्राउ परेका वा उनलाई पक्राउ गर्ने औपचारिक प्रक्रिया थालिएको पुष्टि गर्ने कुनै प्रमाण अहिले सम्म उपलब्ध छैन। न त सरकारी निकायहरूले यस्ता दाबीबारे कुनै आधिकारिक टिप्पणी गरेका छन्।

डिजिटल सुरक्षा विज्ञहरूका अनुसार एआई–सिर्जित तस्बिरहरू प्रयोग गरी सार्वजनिक व्यक्तित्वबारे गलत सूचना फैलाउने ट्रेन्ड बढ्दो छ, जसले राजनीतिक रूपमा संवेदनशील वातावरणमा जनमानसमा भ्रम सिर्जना हुने जोखिम बढाउँछ।

यस घटनाले फेरि एकपटक सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको विश्वसनीयता पहिचान गर्ने आवश्यकतामाथि ध्यान केन्द्रित भएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)