हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमालेका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यले गरे नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न सनाखत

माधव नेपाल समूहको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू निर्वाचन आयोगमा सनाखत सकिएको छ । आयोगमा माधवकुमार नेपाल राजेन्द्र पाण्डे, लगायतका नेताहरुले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न निवेदन दिएका थिए ।

Advertisement

सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो । त्यस्तै आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सनाखत गर्न २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेका थिए । नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

Advertisement

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि माधव नेपाल समूहलाई नयाँ पार्टी दर्ता गर्नको लागि बाटो खुलेको थियो ।

सनाखत गर्ने ५५ केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा।विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव, धर्मनाथप्रसाद साह, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र वैठा धोबी, लक्ष्मढा पौडेल, मदनकुमारी शाह ९गरिमा०, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणी चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सवित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरला कुमारी यादव, सुधिरप्रसाद साह, कल्याणी कुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणी विक जंगली, धनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा।देउमान साम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपाने रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)