हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलमा राप्रपा आमसभा : गाउँपालिका अध्यक्ष अन्जरा आलमले हिन्दु धर्मावलम्बीहरुको अपमान गरेको आरोप

कचनकवल ,सोमबार, चैत्र २१  । लामो समयदेखी भ्रष्टाचार बिरुद्धको अभियान र सुशासन स्थापनार्थ ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपालिका झापा जिल्ला संयोजक तथा राप्रपाका सक्रिय कार्यकर्ता बनियानि निवासी सोम चम्लागाइले कचनकवल गाउँ पालिमामा आयोजित राप्रपाको चुनावी सभा पश्चात पार्टिबाट राजिनामा दिएका छन।

Advertisement

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान राप्रपामा समाहित भए पश्चात राप्रपाका प्रवक्तामा मनोनित भएका ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही प्रती आक्रोसित हुँदै बिज्ञप्ति निकालेर चम्लागाइले राजिनामा दिएका हुन। देश पछि पार्ने राजनितिक दल हुन भन्ने र हरेक दलमा आबद्द सबैलाइ झोले उपनाम दिने साथै भ्रष्टाचारको विरुद्ध आन्दोलनमा नै उत्रिएको कहने शाहिले मनग्य भ्रष्टाचारमा मुछिएको आरोप लागेको राप्रपा नेतृत्वको कचनकवल गाउँ पालिका विरुद्ध केही नबोलेकोमा सोमले आपत्ति जनाए।

Advertisement

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७र०७८ मा कचनकवलको १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ६.०६ प्रतिशत अर्थात् ७ करोड २३ लाख २१ हजार रुपैयाँ बेरुजु देखाएको थियो । जिल्ला कै १५ पालिका मध्ये सबैभन्दा बढी बेरुजु देखिएको कचनकवल गाउँ पालिकामा कार्यक्रम हुदा पनि राप्रपा प्रवक्ता शाहिले केही उद्घोष गरेनन।

हरेक आमसभामा भ्रष्टाचार विरुद्ध चर्को आवाज निकाल्ने शाही आफुले दलिय पद पाए पश्चात नितिमा यु टर्न लिएको चम्लागाइले आरोप लगाए। प्राय बिवादमा आइ रहने शाहिले आजको कार्यक्रममा पनि लाखौको उपस्थिति भएको भन्दै उत्साहीत हुँदै भाषण गरेका थिए।

राजिनामा पत्रको ब्यहोरा, संयोजक चम्लागाइको :

विगत लामो समयदेखि भ्रष्टाचार र विकृतिविरुद्ध सशक्त आवाज बुलन्द गर्दै जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्दै जनतालाई भ्रष्ट्राचारविरुद्ध महाअभियानको नेतृत्वदायी अभियानले जनतालाई सुशासनको प्रत्याभूति गराउँदै आइरहेको अभियानलाई झापा मात्रै नभएर देशकै अग्रणी स्थानको रुपमा चिनाउन सफल कचनकवल गाउँपालिकाको स्थायी बासिन्दा र नेतृत्वको हैसियतलेयहाँ भएको भ्रष्ट्राचार र विकृतिलाई ढाकछोप गरी सत्य तथ्य लुकाउने अभियानका उच्च नेतृत्वको गद्दारीलाई समर्थन गरी राप्रपासँगको एकतामा बस्न नसक्ने भएकोले मेरा पाइला र हातहरू गद्दारीको पक्षमा कहिले समर्थन नरहने जानकारी यसै राजीनामा पत्र मार्फत गराउँदै आजका मितिबाट स्वतन्त्र नागरिकको रुपमा रहेको जानकारी साथ क्षमा चाहन्छु ।

गाउँ पालिका अध्यक्ष अन्जरा आलमले हिन्दु धर्मावलम्बीहरुको अपमान गरेको आरोप –

कचनकवल गाउँ पालिकाको नेतृत्व गरेका अन्जरा आलमले आफ्नो पालिकामा हरेक घरमा शौचालय भएको र कक्षा १२ सम्म निशुल्क शिक्षा दिलाएको झुट मन्तव्य दिदा स्थानिय हरु आक्रोशित भएका छन। राप्रपाको प्राय हरेक कार्यक्रममा रुद्राक्ष मालाको प्रयोग गरिने कार्यको निरन्तरता सो कार्यक्रममा पनि गरिएको थियो। मुस्लिम धर्मावलम्बी आलमले रुद्राक्षको माला लगाएर बोलेको झुटले हाम्रो आस्थामा प्रहार गरेको छ, स्थानिय युवाहरु बताउछन। रुद्राक्ष मालाको आफ्नो मान्यता छ महत्त्व छ यस्लाइ लगाएर किन झुट बोल्ने, प्रश्न गर्छन स्थानियहरु। धर्मलाइ राजनिती सग जोड्न नहुने हो तर जुन धर्मको रक्षाको नारा लिएर राप्रपा बढेको छ उसैमाथी प्रहार अध्यक्ष अन्जरा आलमले गरेको भनी सामाजिक संजालमा बिरोध चुलिएको छ।

आलमको बिरुद्ध सामाजिक संजालहरुमा, अनावश्यक रुपमा कार्यकर्ताहरु भर्ना गर्ने, मनोमानी तवरले नीति र नियमको धज्जिया उडाइ पालिका चलाएको भनी बिरोध पनि बढेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)