हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कप्तान रोहित पौडेल एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । यो सँगै उनी कदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्न सफल भउका छन् ।

Advertisement

रोहितले नामिबियासँगको खेलमा ५५ रन बनाउँदै एक हजार रन पूरा गरेका हुन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा ३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् ।

Advertisement

अहिले नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्रिजमा रोहित र कुशल भुर्तेल छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)