हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता : “झल्सिँदै भावनाहरु”

यो धरती अनी आकाशकाे पृष्ठमा
मौन कीन छौ तिमी ऐ अधिष्ठाता ?
वैमनष्यताको चरमोत्कर्ष सीमाना
जहाँ सारा वातावरण नै स्तब्ध छ,
अग्नि रापको तप्तताले रापिए छ
झल्सिँदै छन् स्नेहिल भावनाहरु,
संकुचित हुँदै गए सारा कारुण्यता
हराउँदै छन् मानवीय संवेदनाहरू,
लडखडाउँदै अघि बढन नसकेका
सीमान्त पथमा चालिएका कदमहरु,
चट्टानमा घिस्रिंँदै हिंँडदा पाइलाहरू
रक्ताम्य भएर द्रविभूत भएछ मन,
मैत्रीत्व बन्धुत्व सम्वन्धमा धुमिल
तोडिँदै गए धैर्यता अनी सहनशील,
भडकी रहेछन् क्रोधका ज्वालाहरू
धडकीदै ढुक ढुक मुटुको धडकन,
जब अशान्त छ अन्तर आत्मा भित्र
म शान्तिको गवेषणा कहाँ बाट गरुँ?
कलुषित उत्कण्ठाहरू प्रस्फुटन हुँदा
धैर्यता नै हुन्छ सर्वोत्कृष्ट विशिष्टता,
यो धरती अनी आकाशको पृष्ठमा
मौन किन छौ तिमी ऐ अधिष्ठाता ?
वैमनष्यताको चरमोत्कर्ष सीमाना
जहाँ सारा वातावरण नै स्तब्ध छ,
अग्नि रापको तप्तताले रापिए छ
झल्सिँदै छन् स्नेहिल भावनाहरु।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)