हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कबिता: “रजनीको चन्द्रमा”

कबिता: “रजनीको चन्द्रमा”

Advertisement

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा,

Advertisement

आलीङ्गनमा थिए प्रकाशपुंज किरणहरु
कति हर्षान्वित हुन्थ्यो मेरो अन्तरमनमा,

आशाका बिम्बहरू हुन्थ्ये प्रतिबिम्बित
त्यहाँ खुशी थिए अगणित कोषहरू मेरा,

प्रयासरत रहँदै जीवनका हरेक क्षणहरु
अनिश्चित थियो ओत लाग्ने नीड़ बसेरा,

भविष्यको चिन्ता आखिर कसलाई छ र?
अतीतका परिदृश्यहरू अंकित मानसमा

गोधुली प्रहरमा जब धुमिल हुन्छ सन्ध्या
रातचरीहरू फरफराउंँदै उडदछन् नभमा,

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा,

अधिष्ठाता नि हुन्थ्यो मुग्ध कलाचन्द्र हेरी
हुन्थ्यो आभास शितल नयनमा हेर्दा खेरी,

कतिको मनमा डढे़लो लाग्दथ्यो ईर्ष्याको
अनि भावनाको त घरै ढल्दथ्यो शिशाको,

नयनको भाषा नयनले नै बुझ्न न सक्दा
कपास पनि गह्रों हुन्छ अरे भन्थे पितृहरू,

बगरको ढुङ्गाको चोटले ढुङ्गा नै रून्थ्ये रे!
हाँस्दथ्ये पानीको तरंग अनी बालुवाहरू,

भावनाहरु तरंगित हुन्थ्यो निशब्द रातमा
चंचल मन्मा पनि थिरकन हुन्थ्ये साथमा,

आलीङ्गनमा थिए प्रकाशपुंज किरणहरु
कति हर्षान्वित हुन्थ्यो मेरो अन्तरमनमा,

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)