हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कबिता : “श्यामल हरफहरु”

कबिता :- “श्यामल हरफहरु”

Advertisement

मेरा सस्मित सपनाका कुराहरु
अनन्त श्वेत पानामा नै लेख्ने थ्यें,

Advertisement

श्यामल हरफहरू लाई कहिल्यै
धुमिल नै पार्न सक्दिन थ्यें मैंले,

उडेर ढाक्न खोज्ने ती कणहरु
आँसू ले नै पखाल्न सक्दिन थ्यें,

शुन्य नीलो आकाशको अभिषेक
सदा अमिट रहन्छ उस्को चंचला,

तारामंडलमा प्रतिबिम्बित भैकन
मुस्काउँछन अनन्त ती नयनहरु,

सिमाहीन भैकन सारा शुन्यतामा
मँडराउँछन अन्तर अभिलाषाहरु,

जब असिम झैँ भई हाल्ने थ्ये ती
मेरा सबै संकीर्ण सिमाना को मेल,

तब देख्ने थ्यौ तिमी ऐ मेरो देवता!
अमरत्व खेल्ने थ्यो विधीको खेल,

अनि सारा टुलु-टुलु हेरी बस्ने थ्ये
मानौं सैलाबी नदीमा आएछ भेल,

मेरा सस्मित सपनाका कुराहरु
अनन्त श्वेत पानामा नै लेख्ने थ्यें,

ति श्यामल हरफहरु लाई कहिल्यै
धुमिल नै पार्न सक्दिन थ्यें मैंले।

दयानन्द गोस्वामी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)