हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “अर्थ र अनर्थ”

कविता : “अर्थ र अनर्थ”

Advertisement

शास्त्रमा “कोटी” शब्द
द्विविधा बोकेको शब्द हो।
कोटी कोटी देवता
तथा ३३ कोटी देवता को कुरा गर्दा
संख्या र प्रकार भनिन्छ,
करोड भनिँदैन।
त्यसो भए कोटी कोटी नमस्कार भन्दा
प्रकार प्रकार का नमस्कार भनिन्छ त?
कोटी शब्दले असंख्य
जसलाई गणना गर्न सकिँदैन
भन्ने बुझाउँछ
जब नमस्कार सँग प्रयोग गरिन्छ।
कोटी कोटी धन्यवाद भन्दा पनि
सोही नै बुझिन्छ।
द्विविधा
जब देवता सँग गरिन्छ
तब मात्र देखिन्छ,
अनि इन्द्र को स्वर्गमा बसेका देवता
के ३३ जना मात्र होलान् त?
स्वर्ग त देवताको वासस्थान हो
साथै मृत्यु बरण गरेका को
जसलाई हामी स्वर्गको बासिन्दा भएको घोषणा गरेर
स्वर्गबासी भनिन्छ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)