हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “कार्की प्रदेश”

कविता: “कार्की प्रदेश”

Advertisement

विदेशी पानी खानु भन्दा बरु अब,
सगरमाथाको नै पानी त खानु राम्रो
सगरमाथा कोशी असहमत छ भने,
अरु राख्नु भन्दा कार्की प्रदेश राम्रो।

Advertisement

अरु धेरै जातजातका नाउँ आएमा त,
कार्की प्रदेश भित्र नै सबै अटाउने राम्रो
चार जातको छत्तीस वर्णको फूलबारीमा
सदाबहार फूल्ने कार्की हो सबैभन्दा राम्रो।

कार्कीले चौध जिल्ला भरि पुरै घेर्न सक्छ
बैरीलाई सर्पले झैँ फनफनी नै बेर्न सक्छ
एकपटक कार्की प्रेदेश नाउँ राखेर नै हेर,
कार्की प्रदेशमा समुन्नत आउन लाग्दैन बेर।

गाइँगुइँ सुन्दैछु ससुरालीप्रदेश राख्ने नाउँ
हेलिकप्टरले खुर्सानीका बोट सबै भाच्यो
खुशी छैनन् कोही नि झन् ससुराली गाउँ
किराँती पीरती हैन कार्की प्रदेश राखौं नाउँ।

अरु सबै जात जातिलाई जिल्लामा समेटौ
कार्की प्रदेश जोतिषिले जुराइ सके नमेटौ
ठिक राम्रो नाउँ जुरि सक्यो भन्न थाले है
बनिसकेको नाउँको राम्रो हुन्न घाँटी ननिमठौ।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)