हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : जहिलेदेखि मुस्कुराउन सिखे

जहिलेदेखि मुस्कुराउन सिखे ,
दिलमा दर्द लुकाउन सिखे ।
मिली – जुली गर्नेहरु संग ,
आँखा जुधाएर बोल्न सिखे ।

Advertisement

अब रहने छैन समस्या ,
सबै संग मजाक गर्न सिखे ।
अति सहनशील थिए ,
अति सदा वर्जित हुँदै सिखे ।

Advertisement

ज़ब दु:ख हुँदा तब सुख –
प्रतीक्षारत हुन्छ यो पनि सिखे ।
दुनियाभरको दुःख मेरो होइन ,
मानेर नै हाँस्न सिखे ।

केही मान्छेले भन्छन नै ,
मान्छेको काम हो भन्ने ।
मान्छेहरुको जबरदस्तीलाई नजरअन्दाज गर्न सिखे ।

चार दिनको हो ज़िन्दगानी,
हाँसी -हाँसी बिताउनु छ है ।
सबैका लागि बॉच्नु छ यहाँ ,
आफ्नो लागि पनि बॉच्न सिखे ।
-देवेन्द्र किशोर ढुङगाना
बिर्तामोड़, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)