हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “धान दिवसको शुभकामना”

कविता: “धान दिवसको शुभकामना”

Advertisement

अहिलेसम्म त चल्दैछ छ है अर्म र पर्म
आजकल जनशक्ति नै छैनन् गाउँ घरमा
जनशक्ति युरोप अमेरिका अष्ट्रेलिया तिर
कस्ले नै पो बुझ्ला र गाउँ घरको यो मर्म!!

Advertisement

जुन सरकार आए नि यस्तै हो बुझ्दैन मर्म
गाउँ घरका किसानले नै शहर बचाउने धर्म
वर्षौं देखि गाउँ घरमा खेत बारीहरु बाझैछन्
गमलामा धान रोपेर उद्घाटन गर्छन् शहरमा!!

सहकारीमा राखेको पैसा जति फिर्ता नै आएन
त्यसैले किसानले मल किनेर हाल्नलाई पाएन
कुर्सीकै लुछाचुडी नै गर्न्छन् दल नेताहरु जति त
कृषिप्रधान देशले एउटा मल कारखाना नै पाएन!

नहर कुलो खन्नेपैसाले भ्यूटावर नै भ्यूटावर बनाउछन्
होलिवान र मार्सी खाएर खुसियाली नै पो मनाउछन्
हामी गरिब हौं गरिबको सरकार भन्दै शहराँ घर बनाउछन्
तारे होटलमा पिजा पोलेका साप्रा खादै खुसियाली मनाउछन्!

आफ्ना छोराछोरीहरु युरोप अम्रिका अष्ट्रेलिया पठाउछन्
गरिबका छोराछोरी जति खाडी जान बाध्य नै बनाउछन्
जागिर दे सरकार भनेर सडकमा माग राख्नपर्छ गरिबले
गोली हानी मार्छन् दस लाख लिन बाध्य बनाउछन्!

आज शहरमा मन्त्रीले उद्घाटन गमलामा नै धान रोप्छन्
धानको बीजनको माला लगाएर पुरै गर्धन घाटी छोप्छन्
कृषिप्रधान देश रे विदेश बाट अन्न आयात गरि ल्याउछन्
न मल बीउ बिजन अनुदान मन्त्री गल्फेण्ड लेर धान रोप्छन्!

धान दिवसको सबैमा शुभकामना।
धन्यवाद ।
शुभ बिहानी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)