हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “म किसान हुँ”

कविता: “म किसान हुँ”

Advertisement

पसिना बगाइ म हलो जोत्छु
दिन रात खेतीकै बारे सोच्छु
बिहान सधैं सबेरै नै उठ्छु
खेत बारीमा हल गोरु जोत्छु।

Advertisement

मानो छरेर मुरी फलाउछु
यो सारा सृष्टि मैले चलाउछु
म किसान हुँ जीवन् चलाउछु
घरका चिसा चुला म जलाउछु।

बिहानै उठेर हलगोरु नारी
खनी जोती खेत बारी तयारी
सारा प्राणीहरुको रक्षा गरी
धान गहुँ मकै आदि उमारी।

कति फल्ला भनि गर्छु अनुमान्
कृषकले पाउन्न अनुदान
मिल्दैन सिंचाइ मल् बीउ बिजन्
खेर जान्छ खेतीको नै सिजन।

छन् रे तीन तहका सरकार
छैन कसैलाई नि दरकार
छन् कि छैनन् त यहाँ सरकार
भन्छन् सासै फेर्न छोडे भर्खर!

हलो जुवा गोरु र खेतीबारी
बोक्छु म सधैं डोकोको भारी
फलाउछु मुरीका मुरी अन्न
लाज छैन म किसान हुँ भन्न।

✍राज कुमार कार्की
मे न पा-१५ झापा।
धन्यवाद ।
शुभ बिहानी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)