जय जय हे माता करुणाकि छौ खानी
अन्धकार हटाइ विद्याकि छौ झन् दानी।

फूल पाती प्रसाद भेटी सब चढाइ
गर्दैछौ है माताको आज हर्ष बढाइ।

हातमा नै पुस्तक साथ वीणा धारणी
माता तिम्रो सवार हुने सधैं हाँसमा।

ज्ञान बुद्धि देउ है माता हामी सबमा
अन्धकार हटाउ तिमीले नै भवमा।

ज्ञान् बिज्ञान बनायौ माता सब तिमीले
बिज्ञान नै हरायो भाइरस मिनीले।

ज्ञान बुद्धि नै देउ माता मार्न कोरोना
छैनन् माता बाहेक कोही सक्ने ज्ञान् भर्न।

जीवन नै रहेछ हाम्रो कोरा कागज
अन्धकार हटाइ भर हाम्रो मगज।

हामीलाई बनाइ देउ माता झन् ज्ञानी
पुकार नै गर्दैछौ हामी जानी नजानी।

जय जय हे माता सरस्वती भवानी
तिमी मात्रै हौ माता हटाउने अज्ञानी।

बुनिया र बयर प्रसाद नै चढाइ
गर्छौ हामी आज नै तिम्रो हर्ष बढाइ।

किताब र कलम कापी पुजा गर्दछौं
अबोध छौँ हामी त तिम्रै भर्मा पर्दछौ।

माता हामी अबोध छौ बालिका बालक
माता तिमी नै छौ है एक मात्र पालक।

क ख सिक्दै छौ आज आमाबाबु कै साथ
लेख्दै छौं ए बि सि डि समाएर नै हात।

घर हो नै पहिलो पाठसाला हो हाम्रो
बाँकी सब सिक्दैछौ स्कुलमा नै झन् राम्रो।

ॠतुहरु मध्यको राजा भन्छन् वसन्त
पन्चमी हो वसन्त सुरु दिन भो आज।

हरेक नै साइत नयाँ गर्ने हो आज
सरस्वती विद्याकि खानी माता तिमी हौ।

रहेछ है जीवन हाम्रो कोरा कागज
माता विद्या बुद्धिले भरिदेउ मगज।

सरस्वती माताले गरुन् जगत् नै भलो
नार्नु गोरु बहर जोत्नु आज है हलो।

फूल पाती प्रसाद भेटी सब चढाइ
गर्दैछौ है माताको आज हर्ष बढाइ।

जय जय हे माता करुणाकि छौ खानी
अन्धकार हटाइ विद्याकि छौ झन् दानी।

राज कुमार कार्की
मे न पा-१५,झापा ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार