हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कांग्रेस नेता सिटौला मतान्तर घटाउँदै, राप्रपा अध्यक्ष लिङदेनको अग्रता कायमै

हल्दिबारि, ७ मंसिर। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला मतान्तर घटाएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना अनुसार राजेन्द्रप्रसाद लिङदेनले १८ हजार १३४ मत ल्याउँदा सिटौलाले १५ हजार ४२७ मत ल्याएका छन् । लिङदेन भन्दा सिटौला २ हजार ७०७ मतले पछि परेको छ ।

Advertisement

यसभन्दा अघिको मतगणना अनुसार दुवैबीच मतान्तर २९४३ थियो । सिटौलाले अहिले २३६ मतान्तर घटाएको देखिन्छ । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको थियो । हालसम्म ३८ हजार २१२ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)