समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

कांग्रेसले क्रियाशील सदस्यता वितरण तिब्र बनाउने तयारी

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गति दिने भएको छ।

केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बुधबार बिहान ११ बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो।

विज्ञापन (Advertisement)Advertisement

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले सेतोपाटीसँग कुरा गर्दै भने, “महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि हामी क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण द्रुत गतिमा अघि बढाउनेछौँ। सदस्यता वितरण उदारतापूर्वक र सहजीकरणसहित हुनेछ।”

हाल कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य रहेका छन्। यद्यपि, वडा तहसम्म अहिलेसम्म करिब ६ लाख सदस्यले मात्र नवीकरण गरिसकेका छन् भने नयाँ सदस्यता वितरण अझै सुरु भएको छैन।

केन्द्रीय समितिले मंसिर २० भित्र नयाँ सदस्य फारम वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट वडासम्म नयाँ सदस्यता फारम मंसिर २४ भित्र पठाइसक्नुपर्ने तालिका तय गरिएको छ। अन्तिम सूची पुस १४ भित्र सभापति वा कार्यवाहक सभापतिलाई बुझाउनुपर्ने व्यवस्था छ।

समितिले नयाँ सदस्यता वितरण गर्दा निम्न मापदण्डहरू लागू हुने जानकारी दिएको छ:

१. पार्टीको विधान, २०१७ (संशोधनसहित) अनुसार योग्य व्यक्तिलाई सदस्यता उपलब्ध गराउने।
२. प्रतिनिधि सभामा १४औँ महाधिवेशनमा कायम सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ फारम उपलब्ध गराउने।
३. वडाको जनसंख्या र मतदातासँगको अनुपातअनुसार आवश्यकतानुसार थप फारम वितरण।
४. महिला, आदिवासी, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, अपाङ्ग लगायत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित।
५. १८–३० वर्षका युवालाई प्राथमिकता।
६. पेशागत, सामाजिक र बुद्धिजीवी वर्गलाई प्राथमिकता।
७. निर्वाचन, प्रशिक्षण, गोष्ठी, सामाजिक र सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागीलाई सदस्यता उपलब्ध गराउने।
८. अन्य राष्ट्रिय मान्यता प्राप्त दलबाट प्रवेश गरेका व्यक्तिलाई अनिवार्य सदस्यता प्रदान।

समितिले नयाँ सदस्यता वितरण र नवीकरणमा समन्वयकारी भूमिका खेल्दै समयबद्ध रूपमा काम अघि बढाउने जनाएको छ। साथै, पार्टीले विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता छानबिन समिति र केन्द्रीय निर्वाचन समितिलाई पनि पूर्णता दिने तयारीमा रहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)