काकडभिट्टा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ७ लाख रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो करिब १२:३० बजे मेचीनगर नगरपालिका–६ बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाक टोली र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीको संयुक्त कारबाहीमा अवैध रूपमा भन्सार छल्दै ल्याइँदै गरेको सामान फेला परेको हो।

प्रहरीका अनुसार अवैध सामानमा थानको कपडा (सर्ट, पाइन्ट) र साडी (अमुरु) रहेका छन्। नियन्त्रणमा लिइएको सामान अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ भने आवश्यक प्रक्रिया पूरा गरी पौष १० गते मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार