नेपाली काङ्ग्रेसको हुन गई रहेको १४ महाधिवेशन अन्तरगत वडा अधिबेशन शुरु भएको छ ।
नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्र अन्तरगत हल्दिवारी गाउँपालिका वडा नम्बर २ मा एक दिन अगाडिनै वडा समिति निर्विरोध निर्वाचित भएका छ्न ।
आज भएको भेलाले भिमराज फ्याकलाई पुन सभापतिमा चयन गरेको छ ।
त्यस्तै उपसभापतिमा भुमी राजवन्सी र पर्शुराम बजगाई ,सचीवमा देव कुमार राजवन्सी र कृष्ण गौतम सहसचिवमा भबेस राजवन्सी र सेर बहादुर श्रेष्ठ निर्विरोध चयन भएका छ्न ।
त्यस्तै कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएको हल्दिवारी काङ्ग्रेस युवा नेता कृष्ण प्रसाईले बताउनु भएको छ ।
निर्वाचितहरुलाई भोलि निर्वाचन समितिले आधिकारिकता दिने बताईएको छ ।
Post Views: 241