हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कालापानी-लिम्पियाधुरा समेटिएको नक्सा ‘गुगल’ र संयुक्त राष्ट्रसंघ पठाइदै ?

नेपालको नयाँ नक्सा

काठमाडौँ – कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा सरकारले भारतलाई पनि पठाउने भएको छ। भारतले मिचेको भूमि समेटेर तयार पारिएको नक्सा भारत सहित विभिन्न देशहरुलाई पठाउन लागिएको हो।

Advertisement

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई पठाउन लागिएको जानकारी दिइन्। उनका अनुसार अगष्टको दोस्रो हप्ताभित्र नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाइने छ। उक्त नक्सा गुगललाई पनि पठाउन लागिएको बताइएको छ।

Advertisement

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सशोधिन नक्शा संयुक्त राष्ट्रसंघका एजेन्सीहरुका साथ(साथै विभिन्न देशहरुमा पठाइने उनको भनाई छ।

“हामी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सशोधिन नक्शा संयुक्त राष्ट्रसंघ अन्तर्गतका एजेन्सीहरुका अलावा भारतसहितका अन्तर्राष्ट्रिय समुदायलाई पठाउँदैछौं । यो प्रक्रिया अगस्ट महिनाको मध्यसम्म पूरा हुनेछ ।”,एएनआईसँग कुराकानी गर्दै उनले भनेकी छन्।

नेपालको नयाँ नक्सा

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतक क्षेत्र लामो समय देखि भारतको कब्जामा छन्। भारतले त्यस क्षेत्रमा सडक समेत निर्माण गरिसकेको छ। पहिला नक्सामा छुटेका यी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ भने त्यसले संवैधानिक वैधता समेत पाइसकेको छ।सरकारले नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाउने तयारी गरिरहेको विषयलाई महत्वपूर्ण मानिएको छ।

प्राप्त जानकारी अनुसार सरकारले नयाँ नक्शा अंग्रेजीमा ४ हजार प्रति छापेको छ। ती नक्साहरु अन्तर्राष्ट्रिय समुदायकोमा पठाइने नापी विभागले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)