हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

कुवेतमा विषाक्त मदिरा सेवन : झापा कचनकवलका रमेश राजवंशीसहित १६ नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ आप्रवासी कामदारले ज्यान गुमाएका छन्। मृतकमध्ये झापा कचनकवल गाउँपालिका–७ का २९ वर्षीय रमेश राजवंशी पनि छन्।

Advertisement

तीन वर्षअघि निलकमल ह्युमन रिसोर्समार्फत कुवेत पुगेका राजवंशी इन्टरनेशनल फर जनरल ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी मा क्लिनरको रूपमा कार्यरत थिए।

Advertisement

कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ३५ नेपालीसहित करिब १ सय ६० जना आप्रवासी बिरामी परेका छन्। तीमध्ये धेरैजना विभिन्न अस्पतालमा उपचाररत छन्।

साल्मिया क्षेत्रमा बसोबास गर्ने नेपाली, भारतीयसहितका आप्रवासीहरूले मिथानोलयुक्त मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि प्रयोग हुने मिथानोल मिसाइएको मदिरा सेवनकै कारण आप्रवासीहरूको मृत्यु भएको हो।

यस घटनापछि कुवेतमा रहेका नेपाली समुदाय शोकाकुल भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)