हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

कुवेतमा विषाक्त मदिरा सेवनबाट तीन दिनमै नौ नेपालीको मृत्यु, अरु ३० भन्दा बढी अस्पतालमा

खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा विषाक्त मदिरा सेवनका कारण नौ जना नेपालीको ज्यान गएको छ। नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ३० भन्दा बढी नेपाली बिरामी परेका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

कुवेतको कानुनअनुसार मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि, लुकीछिपी हुने अवैध बिक्रीबाट खरिद गरिएको मदिरा सेवन गर्दा नेपाली श्रमिकहरू ठूलो संख्यामा प्रभावित भएको दूतावासले जनाएको छ।

Advertisement

आचार्यले भने, “हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ र थप विवरण संकलन भइरहेको छ।” उनका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन आवश्यक सहजीकरण गरिनेछ।

हाल कुवेतमा करिब एक लाख ३० हजार नेपाली कार्यरत छन्। दूतावासले सबै नेपालीहरूलाई अवैध मदिराबाट टाढा रहन, स्वास्थ्यमा समस्या देखिए तत्काल उपचारको लागि नजिकैको अस्पताल वा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)