हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कृष्ण भजन: “आउन कृष्ण बसन हाम्रो मनैमा”

कृष्ण भजन: “आउन कृष्ण बसन हाम्रो मनैमा”

Advertisement

आउन कृष्ण बसन सदा हाम्रो मनैमा
हामी पनि जाउला तिमी सगै वृन्दावनैमा।
छमछम नाचौला कृष्ण वासुरीको धुनैमा
आउन कृष्ण बसन सदा हाम्रै मनैमा।।

Advertisement

वाल्यकालमा मथुरामा गाई चरायौ
त्यहाँ आक्रमण गर्नेलाई तिम्ले हरायौ।
नत शिक्षा दीक्षा पायौं तिम्ले गाई गोठमा
बज्यो कृष्ण बज्यो बासुरी तिम्रो ओठैमा।।

सोह्र हजार आठ अप्सराको भयो हरण
राक्षसले विवाह गर्न बन्धक गर्‍यो हरण।
बीस हजार पुर्‍याएर विवाह गर्ने राक्षसको प्रण
श्री कृष्णले राक्षस बाट मुक्त गरे दिए शरण।।

कहिले मख्खन चोरी कहिले घैला पुटायौ
यसोदा मैयाँलाई दिक्क पारी दिल टुटायौ।
पापी कंशले पटकपटक लिन खोज्यो प्राण
प्राण हर्यौ कंशको तर तिमी परेनौ शरण।।

सोह्र हजार आठ गोपीनीहरुको मन भुल्यायौ
साथी सखी सँगसगै गाई चराइ वृन्दावन डुलायौ।
महाभारत युद्धमा हनुमान राखौं रथमा
गीता सुनाइ अर्तीबुद्धि दिदै थियौ तिमी साथमा।।

द्रौपदीको चिरहरण भएन तिमी थियौं साथमा
पाण्डवले युद्ध जिते तिमी थियौ कृष्ण साथमा
भीष्म पितामहको इच्छा मरण थियो तिम्रो हातमा
यो कलिमा पाप बढ्यो मुक्त गर छौं शरणमा।।

आउन कृष्ण बसन सदा हाम्रो मनैमा
हामी पनि जाउला तिमी सगै वृन्दावनैमा।
छमछम नाचौला कृष्ण वासुरीको धुनैमा
आउन कृष्ण बसन सदा हाम्रै मनैमा।।

राज कुमार कार्की
मे न पा -१५, झापा ।

जय श्री कृष्ण।
राधे राधे राधे।
धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)