हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

क्यानडामाथि नेपालको शानदार जीतसँगै सेमिफाइनलको यात्रा तय

 हल्दिवारी, ९ फागुन । नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले जित निकालेको थियो ।आजको खेलमा नेपालले १५ ओभरमा क्यानडाको सबै विकेट लिएर ८० रनमा समेटेको थियो । जवाफी ब्याटिङमा नेपालले १४।१ ओभरमा ८१ रनको लक्ष्य हासिल गरेको थियो ।

Advertisement

नेपालका कुशल भुर्तेलले नट आउट रही ३७, दीपेन्द्र सिंह ऐरेले ३१ र असिफ शेखले १६ रन बनाएका थिए । सन्दीप लामिछानेले क्यानडाको ४ विकेट लिदा अविनाश बोहरा र कमल सिंह ऐरेले ३३ विकेट लिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)