हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

गंगा राई मृत्यु प्रकरणमा चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा

झापा । अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राईको मृत्यु प्रकरणमा चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार भोजपुर घर भई अर्जुनधारा–८ मा बसोबास गर्दै आएका ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, ५४ वर्षीया डम्बरकुमारी श्रेष्ठ (मैयाँ) र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

Advertisement

गत असार २४ गते राति अर्जुनधारा–४ भाङवारी घर भई शनिश्चरे क्याम्प नजिकको प्रकाश गिरीको डेरामा बस्दै आएकी राई मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा सामूहिक कुटपिटबाट मृत्यु भएको पुष्टि नभएपछि आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले चारै जनालाई असार २५ गते पक्राउ गरेको थियो। उनीहरूमाथि झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए।

राईको मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ। मृतकका परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)