हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गजल : देवेन्द्र किशोर ढुङगाना

सुस्त – सुस्त तिम्रो दिलमा हेरी रहनु म आएर बसुला
आँशुको बून्द बनेर तिम्रो नयनमा टप्पक आएर ठहरुला ।

Advertisement

शीशा – ओ -दिल त हो आखिर झरेर फुटयो
तिम्रो नजर -ओ – मदहोश भएर त सबले लुटयो ।

Advertisement

काश तिम्रो अंदाजको घायल भए म अब
बस तिम्रो नाममा यो जिंदगी,समर्पण छ जब ।

हरेक बिहान बस तिम्रो यादमा म सदा हराउछु
हतास तिमी आउने प्रतीक्षामा म पुष्पहार सजाउछु l
ओ – दिल – चुपचाप मलाई अंधेरामा रहन देउ
को छ मेरो यो दर्द बुझने -उनलाई ख़बर भन्देउ ।

प्रिय मलाई आफ्नो प्रेमपासमा सम्हालेर राखौला
म पानि भएर -बर्षाको झरी- बाढ़ी भई बगी रहूला l

-देवेंद्र किशोर ढुङगाना
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)