समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

गीत : तिमी रोकिँदा म बगिरहूँ

देवेन्द्र किशोर ढुङगाना

विज्ञापन (Advertisement)Advertisement

आँखा तिम्रो होस्, आँसु मेरो होस्,
मुटु तिम्रो होस्, धड्कन मेरो होस्,
मायामा हाम्रो कसम यति होस्—
सास तिम्रो अडिँदा लास मेरो होस्।

तिमी रोकिँदा म बगिरहूँ,
तिमी बोल्दा म सजिरहूँ।

तिमी हाँसिदिँदा
मुस्कुराउँछ बिहान,
तिमी रोयौकी भन्छन् बादलका लहरहरू,
तिमी बिना मेरो संसार अधुरो
तिमी भित्रै भेटिन्छन् मेरा सबै रहरहरू।

तिम्रो नजरले छुन्छु म तिम्रो नामले धड्किन्छु ,
तिमी टाढा हुदा हावाजस्तै आफैँमा म हराई दिन्छु ।

आँखा तिम्रो होस्, आँसु मेरो होस्,
मुटु तिम्रो होस्, धड्कन मेरो होस्,
मायामा हाम्रो कसम यति होस्—
सास तिम्रो अडिँदा लास मेरो होस्।
तिमी रोकिँदा म बगिरहूँ,
तिमी बोल्दा म सजिरहूँ।

तिम्रो हात छुन पाएपछि
रातहरू पनि मधुर बन्ने गर्छन्,
तिम्रो सपना–सुगन्धले
मनका पाना नयाँ जन्मिदिन्छन्।

तिमी नजिक हुँदा गति बढ्छ,
टाढा हुँदा मन रोइरहन्छ,
तिमी नै मेरो यात्रा,
तिमी नै खोजिएको साक्षात प्रतिरुप।

आँखा तिम्रो होस्, आँसु मेरो होस्,
मुटु तिम्रो होस्, धड्कन मेरो होस्,
जीवनभर हाम्रो प्रतिज्ञा यति होस्—
सास तिम्रो अडिँदा लास मेरो होस्।
तिमी रोकिँदा म बगिरहूँ,
तिमी बाँचिरहँदा
म सजिरहूँ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)