हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चेन्नईले हैदरावादलाई हरायो

सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो ।

Advertisement

हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो ।

Advertisement

चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए । डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए । जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)