हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जर्मन बुन्डेसा लिगा : वायर लेभरकुजेनको सानदार जित

सोमबार राति जर्मन बुन्डेसा लिगा अन्तर्गत भएको खेलमा वायर लेभरकुजेनले सानदार जित निकालेको छ। निकै रोमान्चक बनेको उक्त खेलमा लेभरकुजेनले वेर्डर ब्रेमेनलाई ४(१ गोलले हराउन सफल भएको हो । उक्त खेलमा लेभरकुजेनलाई जित दिलाउन काइ हाभर्टले २ गोल गरेका थिए चने वेइजर र डिमिर्बेले १(१ गोल गरेका थिए ।

Advertisement

उक्त खेलको २८ औ मिनेटमा हाभर्टले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३३ मिनेटमा हाभर्टले नै गोल गरी टिमलाई अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ६८ औ मिनेटमा वेइजरले गोल गरे चने खेलको ७२ मिनेटमा डिमिर्बेले गोल गरि टिमलाई जित दिलाए ।

Advertisement

जितसँगै लेभरकुजेन पाँचौ स्थानमा छ। लेभरकुजेन २६ खेलबाट ५० अंक जोड्न सफल भएको छ l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)