हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथलको पाथिभरा क्षेत्रमा प्रसाईंले गरे पथिभरा माताको मुर्ती हस्तान्तरण

हल्दिबारी, १६ असोज । विएण्डसी अस्पताल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पाथिभरा धार्मिक तथा पर्यटकिय क्षेत्र भित्र पाथिभरामाताको मुर्ती आज आईतबार फुलपातीको दिन विशेष पुजाआजाका साथ बिराजमान गराई दिनु भएको छ ।

Advertisement


हल्दिबारी गाउँपालिका वडा नं. ४ जलथल जंगलमा अवस्थित उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रलाई देश तथा विदेशमा समेत पहिचान गर्ने हेतुले प्रसाईले २० लाख बराबर मुल्यको पाथिभरामाताको मुर्ती हस्तान्तरण गरेका हुन ।

Advertisement


पाथिभरा धार्मिक तथा पर्यटकिय क्षेत्र विकास समितिका अध्यक्ष जयप्रसाद पोखरेलको अध्यक्षता तथा विएण्डसी अस्पताल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको आथित्यतामा भएको कार्यक्रमा बिर्तामोड देखि झाँकी सहित अस्पताल परिवार, शभचिन्तकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन तथा धार्मीक महत्वको रुपमा हेरिएको जलथल जंगल र धार्मिक क्षेत्रलाई विश्वसामु चिनाउनु पाथिभरा माताको मुर्तीले सहयोग पुग्ने प्रसाईले बताउनु भएको थियो । आफु देवीको भक्त भएकोले विभिन्न ठाउँमा सहयोग गरेको बताउँदै अरुपनि सहयोग गर्ने प्रष्ट पार्नु भएको थियो ।


उक्त कार्यक्रमलाई हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, विकास समितिका पुर्व अध्यक्ष रेम खरेल लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण विएण्डसी अस्पतालका जनसम्पर्क अधिर्कत प्रोमिस गिरीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)